सुनको भाउमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

असार १०, काठमाडौ । बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९० हजार रुपैयाँ पर्नेछ । यता, चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।  

पुरा पढ्नुहाेस्

सुनको भाउमा गिरावट, तोलाको कति ? बजार मुल्य हेर्नुहोस्

माघ २१, काठमाण्डौ । सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउमा गिरावट

फागुन १६,काठमाडौँ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पुरा पढ्नुहाेस्