ब्रोकरबाट सेयर किन्दा ७० प्रतिशतसम्म कर्जा पाइने

बैशाख २०, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा ल्याएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले २०७५ सालमा जारी गरेको उक्त कार्यविधि बोर्डद्वारा २०७८ जेठ ११ गते प्रथम संशोधन भएको एक वर्षमा नेप्सेले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि कार्यान्वयनमा ल्याएको हो । । बोर्डले संशोधन गरेको कार्यविधिबाट अब लगानीकर्ताहरुले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यस अघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो । संशोधित व्यवस्था अनुसार लगानीकर्ताहरुले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा सो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको…

पुरा पढ्नुहाेस्

‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने

फागुन २४, काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताएका छन् । लगानीकर्ताले धितोपत्र बोर्डमा उजुरी दिएमा सम्बन्धित ब्रोकरलाई तत्काल कारबाही हुने उनले बताए । अध्यक्ष हमालले आफ्नो दुई वर्षे कार्यकालमा नेपाल धितोपत्र बोर्डको आफ्नै भवन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफ्नै कार्यकालमा भवन निर्माणको कार्य अगाडी बढ्ने बताएका हुन् । शेयर बजार बढेको समयमा बोर्डको क्षमता बढाउन आवश्यक रहेको भन्दै हमालले सूचना प्रविधिमा पनि काम गर्ने बताएका छन् । उनले टीएमएसमा देखिएको समस्या साधान गर्ने, गुनासो…

पुरा पढ्नुहाेस्

धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस

फागुन ३, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस भएको छ । बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको हो । समितिले अन्तिम छनौटमा परेका ५ जनाको अन्तर्वाता र प्रस्तुतिकरणपछि ३ जनाको नाम सिफारिस गरेको हो । अन्तिम ५ मा परेका मध्येबाट निरज गिरी र खगेन्द्र कटुवालको नाम छनौटमा नपरेको हो । अब मन्त्रिपरिषद्को बैठकले यी ३ जना मध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ । यस संगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था…

पुरा पढ्नुहाेस्

थप दुई वटा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति

पुस २, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज पुस १ गते छ्याङदी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । छ्याङदीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो…

पुरा पढ्नुहाेस्

रोकिएका आइपिओ कहिले हुन्छ स्वीकृत, के छ बोर्डको तयारी ?

मंसिर २०, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएका प्राथमिक शेयर (आइपिओ)निष्काशन प्रक्रिया पुनस् अघि बढाउँन लागेको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना निलम्बन भएपछि नयाँ अध्यक्ष नियुत्तिमा ढिलाई हुने देखिएपछि बोर्डले आइपिओ निष्कासन प्रक्रिया अधि बढाउन लागेको हो । अध्यक्ष नहुँदा निष्कासन प्रक्रियानै अवरुद्ध भएपछि बोर्ड संचालकले बिस्तारै उक्त प्रक्रिया अघि बढाउन व्यवस्थापनलाई निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम प्रक्रिया अघि बढाउन लागिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरिले बताए । “बिस्तारै हामी आइपिओ स्वीकृति दिने प्रक्रिया अघि बढाउदै छौ” गिरिले भने । गिरिका अनुसार संचालक बोर्डले…

पुरा पढ्नुहाेस्

कम्पनीहरुलाई स्पष्ट विवरण खुलाई लाभांश बाड्न सेवोनको निर्देशन

कार्तिक १०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ । सूचीकृत कम्पनीले आफ्ना शेयरधनीलाई प्रदान गरेको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेण्टमा शेयर रजिष्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो । हालैका दिनमा कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकिएको भन्ने गुनासो आइरहेको छ । बोर्डले जारी गरेको निर्देशनानुसार अब कम्पनीले आफैँ वा आफ्ना् शेयर रजिष्ट्रारमार्फत…

पुरा पढ्नुहाेस्

बर्खास्तीमा परेका धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना सर्वोच्चको दैलोमा

कार्तिक ०८, काठमाडौँ । बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गैर कानुनी रुपमा हटाएको र आफुमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले नेपाल सरकार मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाएर हिजो रिट दाएर गरेका हुन् । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको हो । सरकारले यस अघि उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो । असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले…

पुरा पढ्नुहाेस्

धितोपत्र बोर्डका अध्यक्षलाई फेरी अर्को स्पष्टीकरण पत्र

काठकाडौँ । पूँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले बिहीबार अर्को स्पष्टीकरण माग गरेको छ । सर्वोत्तम सिमेन्टमा ढुंगानाको भाइ र बुहारीका नाममा पनि ठूलो संख्यामा शेयर रहेको पाइएपछि मन्त्रालयले अध्यक्ष ढुंगानालाई पत्र पठाउँदै यसबारे स्पष्टीकरण माग गरेको हो । संस्थान समन्वय महाशाखाका उपसचिव इन्द्र देवकोटाले अध्यक्ष ढुंगानालाई यस विषयमा जवाफ माग गर्दै बिहीबार अपराह्न पत्र पठाएको मन्त्रालय स्रोतले बतायो । सर्वोत्तम सिमेन्ट प्रकरणमा छानबिनका लागि मन्त्रालयले गठन गरेको समितिले बोर्डका अध्यक्ष ढुंगानाका सहोदर भाइ मणि (दर्ता किताबमा मनि भनी उल्लिखित) ढुंगाना र बुहारी रोशन ढुंगानाको नाममा…

पुरा पढ्नुहाेस्