वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित, सिरिज १-१ को बराबरीमा

बैशाख १६, काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो ।यससँगै सिरिजमा १-१ को बराबरी भएको छ । यसअघि शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।

पुरा पढ्नुहाेस्

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख १६, काठमाण्डौँ । यो दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो । त्यस्तै मल्टीपर्पस फाइनान्सको १० करोड ९९ लाख,पिपुल्स पावरको ९ करोड ८५ लाख,गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख र नेपाल फाइनान्सको ६ करोड ७३ लाख बढीको सेयर कारोबार भयो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.८४ प्रतिशतले बढ्यो । आज प्रोग्रसिभ फाइनान्सको सेयरमूल्य ७.६२,श्री इन्भेष्टमेन्टको ६.८० प्रतिशत,वेष्ट फाइनान्सको ६.७८ र किसान लघुवित्तको सेयरमूल्य ५.९३ प्रतिशतले बढ्यो । आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात…

पुरा पढ्नुहाेस्

आज दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार

बैशाख १६, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १४.३३ अंकले बढेर बजार १९८०.२७ बिन्दुमा पुगेको छ। कारोबार अवधिभर ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । यस दिन व्यापार समूहबाहेक अन्य उपसमूहको सेयर मूल्य बढेको छ ।आज फाइनान्स समूह…

पुरा पढ्नुहाेस्

इलामको प्रारम्भिक मत परिणाम सार्वजनिक, कसले कति मत पाए ?

बैशाख १६, इलाम । उपनिर्वाचन अन्तर्गत इलाम २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार यो समाचार तयार पार्दासम्म १२९७ मत गणना भएको छ । गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले लिड गरिरहेका छन् । जसअनुसार सुहाङले ४५५ मत पाएका छन् । उनलाई काँग्रेसका डम्बर खड्काले ३३५ मतसहित पछ्याइरहेका थिए । यस्तै, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम छन् । उनले ४०१ मत पाउनुभएको छ भने चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर मिलन लिम्बु छन् । उनले ८६ मत पाएका छन् ।

पुरा पढ्नुहाेस्

इलामको प्रारम्भिक मतगणनामा कांग्रेस अगाडी

बैशाख १६,काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा भैरहेको निर्वाचनपछिको प्रारम्भिक मतगणनामा कांग्रेसका डम्बर खड्का अग्रस्थानमा रहेका छन् । उनी ६ सय ५७ मतसहित अगाडि रहेका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका सुहाङ नेम्वाङले ५ सय ३४ मत ल्याएर खड्कालाई पछ्याइरहेका छन् । यसैगरी रास्वपाका मिलन लिम्बुले १ सय १५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्धार डेकेन्द्र थेगेमले १ सय ८७ मत ल्याएका छन् ।

पुरा पढ्नुहाेस्

लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा के-के सुविधा छन् ?

बैशाख १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको छ । अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा लगानी प्रवद्र्धन गर्ने कार्यलाई सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकाले सङ्घीय…

पुरा पढ्नुहाेस्

लगानीको वातावरण बनाउन राष्ट्रपतिद्धारा अध्यादेश जारी

बैशाख १६,काठमाडौँ । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले लगानीको वातावरण बनाउन भन्दै ९ वटा ऐनलाई संशोधन गरेर अध्यादेश जारी गर्न सिफारिस गरे अनुसार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् । सरकारले भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५,…

पुरा पढ्नुहाेस्

बझाङमा पनि मतगणना जारी

बैशाख १६, काठमाण्डौँ । प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ १ को १ मा मतगणना सुरू भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । सोही अनुसार मतगणना सुरू भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

नेपाललाई वेष्ट इण्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य

बैशाख १६, काठमाडौँ । वेष्ट इण्डिज ‘ए’ ले नेपाल सामू जितका लाग १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६० रन बनायो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए । नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई(दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले…

पुरा पढ्नुहाेस्

‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’ : प्रधानमन्त्री दाहाल

बैशाख १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ को आज यहाँ उद्घाटन गर्दै उनले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न…

पुरा पढ्नुहाेस्