इलाम–२ मा मतदान अन्तिम चरणमा, आजै गणनाको तयारी

बैशाख १५, इलाम । इलाम–२ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ । यद्यपी अन्तिम विवरण आउन भने केहि समय लाग्ने बताइएको छ । निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै मत पेटिका संकलन गरिने र मतगणना सुरु गर्ने बताएको छ । सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने अनुमान गरिएको छ । आजराती नै मतगणना भएमा आइतबार साँझसम्म सम्पन्न हुनसक्ने बताइएको छ । इलाम–२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै…

पुरा पढ्नुहाेस्

नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो, अब अर्को खेल कहिले ?

बैशाख १५, काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । शनिबार टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । यसअघि टस हरेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो…

पुरा पढ्नुहाेस्

‘लुम्बिनी र सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिन्छौँ’ : नाउपा

बैशाख १५, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको बताएका हुन् । तस्वीरमा रञ्जिताले रेशमलाई जुस खुवाइरहेको देखिएको छ । ‘हामी छिट्टै लुम्बिनी र सुदूपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ ।’ रेशमले फेसबुकमा लेखेका छन् । रेशमले महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि उल्लेख…

पुरा पढ्नुहाेस्

लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन

बैशाख १५, काठमाडौँ । पुँजीबजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो ।

पुरा पढ्नुहाेस्

सुनकोशी मरिण डाइभर्सनको काम सकिँदै, वैशाख २६ गते छिचोलिने

बैशाख १५, काठमाण्डौँ । सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम सकिँदैछ । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये अब केही सेन्टिमिटर मात्रै खन्न बाँकी रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । २६ गते बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरी सुरुङ छिचोल्ने पनि बताईएको छ । सुरुङ निर्माणको अवधि दुई वर्षको भए पनि १९ महिनामै सम्पन्न भएको हो ।

पुरा पढ्नुहाेस्

ईलाम र बझाङमा कति खस्यो मत ?

बैशाख १५, काठमाण्डौँ । इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५० प्रतिशत मत खसिसकेको छ । मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले दिएको जानकारी अनुसार शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य अघि बढेको छ । ‘अहिलेसम्म लगभग ५० प्रतिशत मत खसेको विवरण पाएका छौँ,’ घिमिरेले भने । उपनिर्वाचनमा लगभग ६० प्रतिशत मत खस्ने आकलन गरिएको पनि उनले जानकारी दिए । मतगणना आजै रातिबाट सुरु गर्ने वा भोलिसम्म पर्खनुपर्ने भन्ने यकिन भइनसकेको सहायक निर्वाचन अधिकृत इन्द्र प्रसाद आचार्यले जानकारी…

पुरा पढ्नुहाेस्

इलाममा आजै रातिदेखि मतगणना, बझाङको भोलि मात्रै हुने

बैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति शुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ । इलामको मत गणना राति १२ बजेअघि नै शुरु हुने सम्भावना रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । उनले सोहीअनुसार तल निर्देशन दिइएको बताए । सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए ।…

पुरा पढ्नुहाेस्

देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उनले बताए । भोलिदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास एवं गृहकार्य र सम्मेलनमार्फत विदेशी लगानीकर्तालाई नेपालले दिन चाहेको सन्देशबारे कुरा गर्दै परिसङ्घ अध्यक्ष अग्रवालले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा पहिचान भएको बताए । तेस्रो लगानी सम्मेलनको सहआयोजकसमेत रहेको निजी क्षेत्र अहिलेको वातावरणबाट उत्साही भएको र लगानीका…

पुरा पढ्नुहाेस्

इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी, मतदातामा छैन् उत्साह

बैशाख १५,इलाम। उपचुनाव भैरहेको इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा अहिले मतदान भैरहेको हो । इलामका सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । शान्तिपुर्ण तरिकाले मतदान भैरहेपनि मतदातामा भने उत्साह खासै नरहेको पाइएको छ । गएको चुनावमा भन्दा यस चुनावमा कम मत खस्ने आँकलन रहेको नेताहरुले बताएका छन् । त्यहाँ प्रमुख दलका र मुख्य प्रतिस्पर्धी मानिएका उम्मेदवारले मतदान गरिसकेका छन् । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी…

पुरा पढ्नुहाेस्

आगलागी पिडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको निर्देशन

बैशाख १५,काठमाडौँ । आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । हिजो गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिएका हुन् । कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अरु विपद्मा परेकालाई तत्काल राहतका लागि ढिलाइ नगर्न सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । गृहमन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाले पहल गर्नुपर्ने बताउनुभयो । केही दिनयता…

पुरा पढ्नुहाेस्