बेलकोटगढीमा टेलिकमको समस्या समाधान गर्न मेयर लामाको आग्रह

जेठ २३,नुवाकोट । बेलकोटगढी नगरपालिकाका मेयर जगत लामाले नगरपालिकामा टेलिफोनको समस्या समाधान गर्न छलफल गरेका छन् । उनले बिद्यमान समस्याको रुपमा रहेको नेपाल टेलिकमको नेटवर्क सम्बन्धि समस्या समाधानको लागि नुवाकोट टेलिकम प्रमुख बिकास महर्जनसंग छलफल गरेका हुन् ।

छलफलमा मेयर लामाले बेलकोटगढीमा टेलिकमको समस्या लामो समयदेखि समाधान हुन नसकेको भन्दै त्यसको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

उनले समस्या तत्काल समाधान गरेर जनताको आधारभुत आवश्यकताको रुपमा रहेको सञ्चार सुविधालाई जनताले महशुस गर्न पाउनुपर्ने बताएका थिए । उनले टेलिकमलाई समस्या समाधान गर्नको लागि नगरले आवश्यक सहयोग गर्ने बताएका थिए । छलफलपछि टेलिकम प्रमुख महर्जनले बुलकोटगढीमा टेलिकमको समस्यालाई लिएर आफु गम्भिर रहेको बताए । उनले चाँडै नै समाधानको लागि काम सुरु गरिने बताए ।

संम्बन्धित समचार

Leave a Reply