नेपालमा थपिए ७ सय ८१ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

साउन २७, काठमाडौ । पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ सय ७१२ जनामा परीक्षण गर्दा ७ सय ८१ जनामा संक्रमण देखिएको हो। २ हजार २९० पीसीआर परीक्षण गरिएकोमध्ये ४१९ जनामा र २ हजार ४२२ एन्टीजेन परीक्षण गरिएकोमा ३६२ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ५ सय ११ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ रहेको छ। यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ८४ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

संम्बन्धित समचार

Leave a Reply