टीकाको दिन भारी वर्षाको सम्भावना !

असोज १५, काठमाण्डौ । यसपाली मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ। हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा आउँदो मङ्लबारदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

यसले गर्दा दशैंको नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply