कांग्रेसले बनायो संघीय चुनावका लागि उम्मेदवार चयनको मापदण्ड

असोज १८, काठमाडौँ । नेपाली कांग्रेसले संघीय चुनावका लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ । हिजो पार्टी सपभाति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार चयनको मापदण्ड बनाएको हो ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्री विश्व प्रकाश शर्माले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै उम्मेदवार चयनको मापदण्ड बनाएको हो । ‘प्रतितिनिधि सभा र प्रदेश सभानिर्वाचन २०७९ को पहिलो निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवारको चयनका लागि आधार र मापदण्ड तय गरिएको छ’’, मुख्य सचिव पौडेलले भने ।

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिमउम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोक प्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार नबनाउने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्नेछ ।

संम्बन्धित समचार

Leave a Reply