मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द

जेठ १, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द गरिएको छ ।
आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो ।

हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर-९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार यो काम गरेपछि सामान्य बाढी आएका बेलामा पनि आयोजना सञ्चालनमै राख्न सकिने छ ।

संम्बन्धित समचार

Leave a Reply