ठेकेदारसंग भएको कमिसन बार्गेनिङपछि शंकाको घेरामा उपप्रमुख दाहाल !

नुवाकोट । बेलकोटगढी नगरपालिका उपप्रमुख शिवप्रसाद दाहाल र ठेकेदार विवेक लामिछानेबीच भएको कमिसन बार्गेनिङ अडियो अहिले नी चर्चाको विषय बनिरहेको छ । उपप्रमुख दाहालको सो अडियो प्रकरणले नगरपालिकामा उपप्रमुख दाहाल योजना अनुगमनपछि कमिसन माग्छन र विना कमिसन ठेकदारको योजना स्विकृत गर्दैनन् भन्ने आम नागरिकको बुझाई पर्न गएको छ । उनि एक हिसावले भन्ने हो भने आम नागरिकको शंकाको घेरामा परेका छन् ।

खासमा उनको त्यो अडियोले उनिमाथी नैतिक प्रश्न खडा भएको छ । उपप्रमुख भएको २ बर्ष नबित्दै आएको सो कमिसन प्रकरणले उनको राजनीतिक भविष्यमाथी नै पार्टीमा छलफल सुरु भएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै बेलकोटगढीमा उपप्रमुख भएका दाहालसंग पार्टीले स्पष्टिकरण सोध्ने भनेपनि स्पष्टिकरण कसरी र के के कुरामा भन्ने सार्वजनिक गरेको छ्रैन् । उपप्रमुख दाहालले काम सम्पन्न भएबापत ठेकेदारसँग कमिसन मागेको अडियो अनलाइनकेन्द्रलाई प्राप्त भएको थियो । प्राप्त फोन कुराकानीको अडिओमा नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल र एक निर्माण व्यवसायीसँग सम्पन्न भएका योजनाको भुक्तानीमा कमिसन मागेको प्रस्ट बुझिन्छ ।

अडिओमा उपप्रमुख दाहालले सबैजसो योजनाको भुक्तानीको कमिसनका लागि ताकेता गरेका छन् । दाहालले जुन व्यवसायीसाँग डिल गरेका छन् उनलाई त अहिले कमिसन नदिए भोलिका दिनमा भुक्तानीका लागि हस्ताक्षर नै नगर्ने चेतावनी समेत दिएको अडियोमा प्रष्ट थियो । ती निर्माण व्यवसायीसँग उपप्रमुख दाहालले आश गरेर आफ्नोपछि लाग्नेहरु र पार्टीका लागि समेत आफूले योगदान गर्नुपर्ने भन्दै कमिसन मागेका छन् ।

यसो त सार्वजनिक अडियोको विषय खण्डन गर्दै उपप्रमुख दाहालले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गरेका थिए । तर विज्ञप्तिमा समेत ठेकेदारसँग कमिसनको मोलमोलाइ भएको पुष्टि दाहाल आफैँले गरेका छन् ।

उपप्रमुख शिवप्रसाद दाहाल र ठेकेदारबीच भएको संवाद यस्तो थियो ।
ठेकेदारः दाइ नमस्कार,जय नेपाल ।
उपप्रमुखः जय नेपाल । कता हो ?
ठेकेदारः म त यतै विदुरतिरै छु
उपप्रमुखः खातामा ल्वाम्मै पैसा आएपछि त दाजुभाईको मतलब छैन है ?
ठेकेदारः के गर्नु दाई ? एकै छिनमै सकिन्छ । के गर्नु दाई ? घाटाको विजनेशमा परियो ।
उपप्रमुखः हुन्छ, घाटाको विजनेश भैहाल्छ नी !
ठेकेदारः दाई अब केमा चाँही नाफा हुन्छ र ?
उपप्रमुखः दाईलाई म्यासेन्जरमा हाइ लेख्छु । म्यासेन्जरमा भिडियो हाल्दिन्छु । हेर्नु ।
ठेकेदारः कहाँ दाई ? मेरो दाई ।
उपप्रमुखः म त मदानपुरबाट फर्किराछु प्रभु । मेरो पछि पनि आसेपासे होलान् । पार्टी होला । जम्मै चिज होला । तिमीहरुले पनि कुरा नबुझे कसले बुझ्ला ? मेरो भाई ।
ठेकेदारः दाईहरुले भाइहरुको कुरा नबुझे कसले बुझ्ला ? कार्यकर्ताले नेताको । म कार्यकर्ता तपाई नेता । अब हि.हि. भरे भोलितिर यसो चिया खाउला दाइकोमा बसेर ।
उपप्रमुखः के गर्नुपर्ने हो गर्नु । अर्कोपटक सहि गर्नेबेलामा दाई हिँ.. भन्न आउने होइन ।
ठेकेदारः ल सल्लाह गरौला ।

संम्बन्धित समचार

One Thought to “ठेकेदारसंग भएको कमिसन बार्गेनिङपछि शंकाको घेरामा उपप्रमुख दाहाल !”

  1. […] ठेकेदारसंग भएको कमिसन बार्गेनिङपछि श…बेलकोटगढी उपप्रमुख दाहाल अडियो प्रकरण: एमालेले मुख खोल्यो,भ्रष्टाचारको कसुरमा कारबाही हुनपर्छ […]

Leave a Reply