बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा सम्मानित

चैत्र १५, काठमाडौँ । बिरिसु मिडिया प्रालिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै माननिय मन्त्री हित बहादुर तामाङले शुभकामना व्यक्त गर्नुहुँदै विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान प्रदान गर्नाले हौसला मिल्ने र सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गरे । उनले बिरिसु मिडियाले नमुना योग्य कार्य गरेको भन्दै प्रशंसा गरे ।

विशिष्ट कार्य गरेवापत बिरिसु मिडियाले सम्मान प्रदान गरेको र राज्यले पनि हौसला प्रदान गर्न सम्मान कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी गुरु लामा घ्याछो रिम्पोछे ज्यूले शुभकामना व्यक्त गर्दै बिरिसु मिडिया प्रालिलाई थप सफलताको कामना व्यक्त गरे ।

संम्बन्धित समचार

Leave a Reply