कांग्रेसद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन माग

पुष ७, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सीमा अतिक्रमणविरुद्ध सिंगै नेपाल एकाकार भएको बताए । सर्बदलीय बैठकमा सबैले भारतसँग राजनीतिक स्तरमा वार्ता गर्ने जिम्मा सरकारको हो भनेर प्रधानमन्त्रीको हात बलियो बनाएको भए पनि सरकारले त्यसअनुसार प्रयास गरेको नदेखिएको उनले बताए ।

‘जुन बेला नाकाबन्दी भएको थियो । तत्कालीन प्रधानमन्त्रीको हैसियतले वर्तमान प्रधानमन्त्रीले जे कुरा राख्नु भएको थियो, त्यसको नेपालीहरुले प्रशंसा गरेका थिए’ कांग्रेस सांसद पाण्डेले भने, त्यो बेलाभन्दा संवेदशनशील अवस्था छ अहिले । त्यसबेला आगो ओकल्न तत्पर हुनु भएको प्रधानमन्त्री अहिले मौनता किन साँधिरहनु भएको छ ? किन राजनीतिक तहमा वार्ता गर्ने कोसिस गरिँदैन ?’

यसबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने कांग्रेस सांसदको माग छ । उनले भने, प्रधानमन्त्रीले के गरिहरनु भएको छ, परराष्ट्र मन्त्रालयले के गरिरहेको छ ? सरकार अन्य निकायले के गरिरहेका छन् । सदनमै आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’

संम्बन्धित समचार

Leave a Reply