प्राविधिक सेवामा दरबन्दी बढाउन इन्जिनियर्स एसोसिएसनको ज्ञापनपत्र

पौष १५, काठमाण्डौँ । नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) तीन नम्बर प्रदेश कार्यकारिणी समितिले संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयस त्रिपाठीलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार मन्त्रालयमा गएको एसोसिएसनको टोलीले यसअघि पेश गरेको २० बुँदे मागको स्मरण गराउँदै ज्ञापनपत्र पेश गरेको हो ।

गत वर्षको फागुनमा काठमाडौंमा आयोजित ‘प्रस्तावित संघिय निजामति सेवा विद्येयकका सम्बन्धमा प्राविधिकहरुको व्यवस्थापन’ नामक कार्यक्रमबाट प्राप्त निचोडका आधारमा सुझाव संकलन गरी एसोसिएसनले तत्कालिन प्रशासनमन्त्री लालबाबु पण्डित र संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा प्राविधिक कर्मचारी र प्रशासन सेवाका कर्मचारीको बीचमा बढुवामा समान अवसर नभएकाले प्राविधिक सेवाका कर्मचारीको उप–सचिव, सह–सचिव र सचिवमा दरबन्दी बढाउनुपर्ने माग गरिएको छ ।

एसोसिएसनका सभापति ईं नन्दलाल बन्जाडे र सचिव ईं प्रदिप अधिकारीद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा निम्न २० बुँदे माग राखिएको छः

संम्बन्धित समचार

Leave a Reply