परिस्थिति प्रतिकुुल छ, ईद मनाउँदा स्वास्थ्यमा ध्यान दिनुस् : सभामुख सापकोटा

जेठ १२, काठमाण्डौ । सभामुख अग्नि प्रसाद सापकोटाले ईदको शुभकामना दिएका छन् । जारी बिज्ञप्तीमा भनिएको छ, इस्लाम धर्मावलम्बीहरुको ईदुल फित्र ईद पर्वका अवसरमा यो पर्व मनाउनु हुने सबै दिदीबहिनी एवं दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आपसी सद्भाव र सहिष्णुताको प्रतीक र भाइचाराको सन्देश दिने यो पर्व कठोर अनुशासनमा बसी सामूहिक रुपमा नमाज पढेर, एक महिना लामो उपवास बसेर आफन्तहरुबीच खुशी साटासाट गरी मनाइन्छ ।
तर, यो बर्ष नोभल कोरोना भाइरस कोभिड–१९ का कारण अप्ठ्यारो स्थिति सृजना भएको छ । त्यो स्थितिलाई मध्यनजर गरी घरमै बसेर मनाउने निर्णय भएकोमा खुशी व्यक्त गर्दछु । परिस्थिति प्रतिकुुल रहेकोले पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउनु हुन सबैमा आग्रह पनि गर्दछु ।
विविधताले भरिपूर्ण देश नेपालका धार्मिक, साँस्कृतिक तथा सामाजिक विविधता बीचको एकता विश्वसामु उदाहरणीय छ । नेपालमा मनाइने यस्ता पर्वहरुले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास लिएको छु । अन्तमा, यस पर्वमार्फत् यो कठीन घडीमा हामीबीचको भातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामना गर्दछु ।

संम्बन्धित समचार

Leave a Reply