आजको मौसम : सामान्यतया सफा रहने

मंसिर १३, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा पश्‍चिमी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले जनाएअनुसार हिजोसम्म अधिकांश स्थानको मौसम बदली भइ मौसम नखुलेको भएपनि आजदेखि मौसम खुल्दै जाने र दिनभरको मौसम सामान्यतया सफा नै रहने छ । देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु(भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply