नेपालमा थप ४ सय १९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पुस १८, काठमाण्डौ । शनिवार थप ४ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार ७ सय ५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यस दिन ६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कुल १ हजार ८ सय ७० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो तथ्यांकअनुसार, हालसम्म कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने कुल २ लाख ५३ हजार ८ सय ५७ जना भाइरस मुक्त भएका छन् । यस्तै शनिवारसम्म सक्रिय संक्रमित ५ हजार ७ सय ११ जना रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply