प्रचण्ड–माधव पक्षको सडक संघर्ष चर्कँदै : माघ १६ पछि आमहड्ताल गर्ने चेतावनी !

माघ ५, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए ।

सोमबार आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मात्र नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै विघटन गरेको आरोप लगाए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्किँदै गरेको बच्चाको संज्ञा दिँदै त्यसलाई बचाउन जनअदालतको फैसला सुनाउन आवश्यक रहेको पनि बताए ।

 

संम्बन्धित समचार

Leave a Reply