सीइडीबी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? माग भन्दा ८.०५ गुणा बढी !

बैशाख २०, काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा १ करोड ८८ लाख ६४ हजार ३०० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझसम्म १२ लाख ११ हजार ३४० जना आवेदकले उक्त आवेदन दिएका हुन् । हालसम्म सर्वसाधारणले माग भन्दा ८.०५ गुणा बढी आवेदन दिइसकेका छन् ।

सीइडीबीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओमध्ये २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओमा वैशाख २१ गतेसम्म मात्र आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

 

संम्बन्धित समचार

Leave a Reply