भारतमा पछिल्लो २४ घण्टामा ४ लाख बढी संक्रमणमुक्त

जेठ ४, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख बढी कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा हालसम्म कै उच्च ४ लाख २२ हजार ४ सय ३६ ले कोरोना जित्न सफल भएका हुन् । भारतमा हालसम्म दुई करोड १५ लाख ९६हजार ५ सय १२ संक्रमणमुक्त भएका छन् । यता दैनिक कोरोना संक्रमित हुनेको संख्या घटेको भएपनि संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

पछिल्लो २४ घण्टामा भारतमा ५ हजार ३ सय २९ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा सो अवधिमा मृत्यु हुनेको यो संख्या हालसम्म कै उच्च हो । यसअघि मे १२ मा ४ हजार २ सय ५ को मृत्यु भएको थियो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ७८ हजार ७ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भने ओरालो लाग्दै दुई लाख ६३ हजारमा झरेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १८ लाख ६९ हजार २ सय २३ परीक्षणहरुमध्ये दुई लाख ६३ हजार ५ सय ३३ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या २ करोड १५ लाख ९६ हजार ५ सय १२ पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply