भोलिदेखि नेपाल बारले सर्वोच्च केन्द्रित आन्दोलन गर्ने

कात्तिक २८, काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ ।

बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका छन् । तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन् ।

भोलि देखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने बार महासचिव लीलामणि पौड्यालले बताए । आफूहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुविरुद्ध उतारेको महासचिव पौड्यालले बताए ।

संम्बन्धित समचार

Leave a Reply