पूर्व राजाद्वारा गहिरो शोक व्यक्त

कात्तिक १९, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व मन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनमा गहिरो शोक व्यक्त गरेका छन् ।

पूर्वराजाले तुलाधरको आत्माको चीर शान्तिको कामनासँगै परिवारजनमा समवेदना पनि प्रकट गरेका उनको सचिवालयले जनाएको छ ।

मानवअधिकारवादी अभियन्ता समेत रहेका तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौँमा निधन भएको थियो।

उनको सोमबार दिउँसो शोभा भगवतीमा अन्त्यष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

उनको काठमाडौँका विभिन्‍न ठाउँमा शवयात्रा गर्दै दिव्यश्वरी घाट शोभा भगवतीमा अन्त्यष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

संम्बन्धित समचार

Leave a Reply