इंग्लिस प्रिमियर लिगः वल्भसले युनाइटेडलाई हरायो

पुस २०, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड वल्भससँग १-० ले पराजित भएको छ । खेल सकिन आठ मिनेट बाँकी हुँदा वल्भसका माजोओ मौटिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको यो सिजनको छैटौं हार हो । सोमबार राति युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा पाहुना टोलिमाथि युनाइटेडले दबाब दिए पनि नतिजा भने वल्भसको पक्षमा निस्कियो । पराजित भएसँगै युनाइटेडको अन्तरिम प्रशिक्षकको रुपमा राल्फ रंगनिकको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

शीर्ष चारमा संघर्षरत युनाइटेड १९ खेलबाट ३१ अंकसहित तालिकाको सातौं स्थानमा छ । वल्भस २८ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply