पपशुपति क्षेत्रका अव्यवस्थित टहरा हटाउन निर्देशन

माघ २०, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने भएको छ । कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउने भएको हो ।

आज सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको स्पष्ट पारेको छ । अव्यवस्थित टहरा हटाउन १५ दिनको समय दिएको छ ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौरलगायतका क्षेत्रमा अव्यवस्थित छाप्रा बनाई फूल, उपहार जन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरूले पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुग्न गएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहराहरू र वनकाली वन गणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजा सामग्री पसल, पूजा भाडा पसलहरू यसअघि कोष र त्यस क्षेत्रमा सञ्चालित पसलवालाहरूसँग भएको सहमति बमोजिम कोषले निर्माण गरेका स्थायी संरचनामा गोलाप्रथाबाट छनोट भएकाहरूले कोषको सार्वजनिक खरिद महाशाखामा समन्वय गरी तत्काल सामान सारी सञ्चालन गर्न भनिएको छ ।

संम्बन्धित समचार

Leave a Reply