टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन

माघ २२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवाप्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढङ्गले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमा समेत सुलभ सेवा दिएको भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले यसलाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य प्राप्त गर्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले टेलिकमलाई अझै अग्रणी र जिम्मेवार बनाउन अप्टिकल फाइवरको जति सक्दो चाँडो विस्तार गर्नुपर्ने बताउँदै मुलुकका सबै स्थानीय तहमा जति सक्दो चाँडो तीव्र गतिको इन्टरनेट सेवा पु-याउनु पर्नेमा जोड दिए ।

१८ वर्ष अघि स्थापना भएको नेपाल टेलिकमको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकामा २०७८ साल मङ्सिर मसान्तसम्ममा दुई करोड २७ लाख नाघेको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड रुपैंया राजस्व प्राप्त गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.७५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply