ब्रेन्टफोर्डलाई सिटीले हरायो

माघ २७, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज र केभिन डी ब्रुएनले एक एक गोल गरे । खेलको ४० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

यस जितसँगै सिटीले लिगमा लिभरपुलमाथि १२ अंकको अग्रता बनाएको छ । सिटीले २४ खेलमा ६० अंक जोडेको छ ।

दोस्रो स्थानको लिभरपुलको ४८ अंक रहेको छ । ब्रेन्टफोर्ड २३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply