सिटी र एभर्टनको जित, क्रिस्टलको बराबरी

फागुन १, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी फराकिलो गोल अन्तरले विजयी भएको छ । शनिबार रातिको खेलमा सिटीले नर्विच सिटीलाई ४-० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा रहिम स्ट्रर्लिङले ह्याट्रिक पूरा गरे । फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ३१ औं मिनेटमा रहिमले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

४८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए । रहिमले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा रहिमले ह्याट्रिक पूरा गर्दा सिटीले ४-० को फराकिलो जित निकाल्यो ।

यस जितसँगै सिटीले २५ खेलमा ६३ अंक जोडेको छ । सिटीले दोस्रो स्थानको लिभरपुलमाथि १२ अंकको अग्रता समेत बनाएको छ । नर्विच १७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

यस्तै, शनिबार भएको अर्को खेलमा एभर्टनले लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा सिमुस कोलम्यानले १० औं मिनेटमा गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २३ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै एभर्टनलाई ३-० को जित दिलाए ।

यस जितसँगै एभर्टनले २२ खेल २२ अंक जोडेको छ । एभर्टन १६ औं स्थानमा रहेको छ । लिड्स २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

अर्को खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराएको छ ।

ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेको छ ।

संम्बन्धित समचार

Leave a Comment