नेपाल र ओमान भिड्दै

फागुन ६, काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली ओमानबिरुद्ध प्रनिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘ ए’ मा रहेको नेपाल विश्वकपमा छनोट हुने लक्ष्यसहित घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ । गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । जसको कारण पनि नेपाल उच्च मनोबलमा रहेको छ ।

तर, नेपाललाई घरेलु टोलीविरुद्ध जित निकाल्न सहज भने छैन । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ ।

छनोटको नेपालको दोस्रो खेलमा नेपालले फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

संम्बन्धित समचार

Leave a Reply