प्रिमियर लिग: चेल्सी र युनाईटेडको बराबरी

बैशाख १६, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् ।

युनाईटेडको मैदानमा सुरुआती अग्रता भने चेल्सीले बनाएको थियो । मार्कोस अलन्सोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै चेल्सीले ३३ खेलमा ६६ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ । युनाईटेड ३५ खेलमा ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply