ब्रेन्टफोर्डमाथि युनाईटेडको सहज जित

बैशाख २०, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई हराएको छ । सोमबार राति भएको खेलमा युनाईटेडले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले हराएको हो ।

युनाईटेडको जितमा ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफायल भरानेले एक एक गोल गरे । घरेलु मैदानमा खेलको नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा भरानेले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।

यस जितसँगै युनाईटेडले ३६ खेलमा ५८ अंक जोडेको छ । युनाईटेड छैटौं स्थानमा रहेको छ । ब्रेन्टफोर्ड ४० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply