ज्येष्ठ नागरिक दिवसः निःशुल्क सिमकार्ड बाँड्दै टेलिकम

असोज १५, काठमाडौं । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभर मनाइँदैछ । हरेक वर्षको अक्टोबर १ मा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ विश्वभर मनाउने गरिन्छ । नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रूपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता…

पुरा पढ्नुहाेस्

टेलिकमको ‘नमस्ते पे’ वालेट संचालनमा

भदौ ३०, काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको छ । लामो समयको तयारी पश्चात कम्पनीले मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो । मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्‍याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक बीच औपचारिक समझदारी भएको थियो । त्यो सम्झौताअनुसार टेलिकमको सहायक कम्पनीको रुपमा नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले…

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको नाफा घट्यो

माघ ३० काठमाडौ । नेपाल टेलिकमको नाफामा दबाब परेको छ भने प्रतिसेयर आम्दानीमा घाटा लागेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि प्रथम त्रैमासको  (साउन देखि असोजसम्म) तुलनामा दोस्रो त्रैमासमा भने नाफा बढेको देखिन्छ । चालू आवको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७…

पुरा पढ्नुहाेस्