गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

भाद्र १७,काठमाडौँ । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । शनिबार बेलुकी साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

असार १०,काठमाडौँ । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्बर८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

पुरा पढ्नुहाेस्