जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले विजयी

मंसिर ८, काठमाण्डौ । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) फराकिलो मतले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२ हजार ८१९ मत पाए भने सत्ता गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) की गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत पाए । ज्ञानेन्द्र मूल राजनीतिमा आएको बढीमा १० महिना जति भयो । ०४८ साल माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका वडा नम्बर ३ पिगी (साबिक नराकोट गाविस–७) मा जन्मिएका उनी विशेषतः सामाजिक सञ्जालमा छाइरहने भाइरल…

पुरा पढ्नुहाेस्