बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्डमा दर्ता गर्ने प्रक्रिया शुरु

माघ ११ काठमाडौँ । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका १ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई पुल हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि…

पुरा पढ्नुहाेस्