हेटौंडामा रात्रि बस दुर्घटना, दुई जनाको मृत्यु

असोज १७, मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकैको खण्डमा रात्रि बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बसमा सवार अन्य ३६ जना घाइते भएका छन् । काठमाडौंबाट दमक तर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई आइतबार राति नालीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार झापाको दमक-५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन्…

पुरा पढ्नुहाेस्

एम्बुलेन्स घरमाथि खसेपछि एक जनाको मृत्यु

जेठ १२, सिन्धुपाल्चोक । लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी-७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  

पुरा पढ्नुहाेस्

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

वैशाख १७, काठमाडौं । काठमाडौं कोटेश्वरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोटेश्वरको भाटभटेनी नजिक भएको दुर्घटनामा चालक काभ्रपलाञ्चोक उग्रतारा ७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा गएराति सवा १० बजे मृत्यु भएको हो । गएराति करिब १० बजे बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश ३–०२ ००५ प ५८७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

पुरा पढ्नुहाेस्

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

बैशाख १५, म्याग्दी । मालिका गाउँपालिका–६ बांगेपहिरोमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दरवाङबाट बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । दुर्घटनामा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए । मोटरसाइकको पछाडि बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ । बिहान करिब ३ बजे सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको हो । दुर्घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल पुगेको छ । कालोपत्रका लागि स्तरोन्नतिको क्रममा रहेको…

पुरा पढ्नुहाेस्

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

चैत १०, मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार राति भएको दुर्घटनामा राक्सिराङ गाउँपालिका–८ का २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको खाली ट्रयाक्टर बुधवार राति २ बजे दुर्घटना भएको हो । राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा पुल भाचिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । मृतक स्याङ्तान ट्रयाक्टर चालक हुन् । उनको शव पानीमुनि ट्रयाक्टरले चापिएको अवस्थामा राति…

पुरा पढ्नुहाेस्

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

पुस १४, काठमाडौं । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दमक नगरपालिका-२ स्थित भाङवारिमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । मृत्यु हुनेमा चितवनको राप्ती-४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला-३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी-४ निवासी २३ वर्षीय अनिल विक रहेको कार्कीले जानकारी दिए । एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए । उनीहरू सुनचाँदी पसलमा…

पुरा पढ्नुहाेस्

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पुस ९, काठमाण्डौ । तनहुँको भिमाद नगरपालिका–६, सिमबोटमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका–७, डुकडाँडा घर भई भिमाद–६, मालेबगरमा बस्ने २६ वर्षीय प्रकाश रानाको मृत्यु भएको हो । उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा मृत्यु भएको जनाइएको छ । गए राति करिब साढे ११ बजे पार्किङ गरिराखेको ग१त ३७६९ नम्बरको ट्याक्टरमा रानाले चलाएको बा१५प ५०९३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुवै सवारीसाधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भिमादले जानकारी दिएको छ । यस्तै, गुल्मीको दरबार गाउँपालिका–४, बिरबासमा मोटरसाइकल दुर्घटना…

पुरा पढ्नुहाेस्

झापामा बस र मारुती भ्यान ठोक्कियो, एकको मृत्यु, पाँचजना घाइते

मंसिर २५, झापा । झापामा बस र मारुती भ्यान एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । बाह्रदशी गाउँपालिका-३ स्थित लक्ष्मीपुर –राजगढ सडक खण्डमा शनिबार बिहान ७ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र-१-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका-१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी भ्यानमा सवार ६ जना…

पुरा पढ्नुहाेस्

मिनीट्रक दुर्घटना: दुईको मृत्यु, सात जना घाइते

कार्तिक १९, जाजरकोट । बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना घाइते बनेका छन् । ‍एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दश जना सवारी उक्त गाडीमा मृतक मध्ये ठेगाना नखुलेका दिलबहादुर शाहीको सनाखत भएको छ भने अर्का मृतक र बेपत्ताको नाम नाम खुल्न सकेको छैन । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् ।…

पुरा पढ्नुहाेस्

ट्र्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, एक जना घाइते

कार्तिक १७, काठमाडौं । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा दुर्घटना भएको छ । मंगलबार राति २ बजे दुर्घटनामा परेको ट्र्याक्टरमा ४ जना सवार थिए । दुर्घटनामा परी नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारि दिए । दुर्घटनामा नलगाड नगरपालिका–८…

पुरा पढ्नुहाेस्