पेपको टिमको महत्वपूर्ण जित

मंसिर १९, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दै दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी पाँच बनाएको छ । अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले वाट्फोर्डलाई २–१ ले हराएको हो । सिटीको जितमा लिरोय साने र रियाद महरेजले गोल गरे । यस्तै वाट्फोर्डका लागि एब्दुलायी दुकुरले गोल गरे । ४० औँ मिनेटमा सानेले गोल गर्दै सिटीलार्य पहिलो हाफमा १–० को अग्रता दिलाए । यस्तै ५१ औँ मिेटमा महरेजले गोल गरेपछि सिटीको अग्रता दाब्बर भयो । तर खेलको अन्तिम…

पुरा पढ्नुहाेस्