बुधबार फेरि सेयर बजारमा पहिरो : फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम !

असार ८, काठमाण्डौ । बुधबार फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । यसअघि सोमबार १८८४ अंकमा झरेको नेप्से मंगलबार करिब ४० अंक बढेर १९२४ अंकमा कायम भएको थियो । बुधबार फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको हो । कारोबार रकम भने १ अर्ब पनि पुगेन । ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १६, विकास बैंक ८९, फाइनान्स ३६, होटल तथा पर्यटन २५, जलविद्युत् ५३, जीवन बीमा १३२, उत्पादन ५७, माइक्रोफाइनान्स ४५, निर्जीवन बीमा…

पुरा पढ्नुहाेस्