राष्ट्रियसभा निर्वाचनः मतदान सुरु, नतिजा आजै सार्वजनिक गर्ने तयारी

माघ १२, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि निर्वाचन प्रकृया सुरु भएको छ । सातै प्रदेशका मतदान केन्द्रहरुमा अहिले ९ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । सबै प्रदेशका आठ मतदानस्थल र १४ मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदान सकिएपछि आजै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । राष्ट्रियसभा स्थायी सदन भएकाले हरेक दुई वर्षमा एक तिहाइ सदस्य विदा भएर नयाँ आउने गर्दछन् । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनु ३५ दिन अघि नै चुनाव गर्नुपर्ने कानुनी…

पुरा पढ्नुहाेस्

आज राष्ट्रियसभा निर्वाचन, ९ बजेदेखि मतदान

माघ १२, काठमाडौं । राष्ट्रियसभा सदस्य एक महिनापछि रिक्त हुने १९ पदका लागि आज निर्वाचन हुँदै छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख…

पुरा पढ्नुहाेस्

विवेकशील साझाले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

माघ ११, हेटौंडा । राष्ट्रिय सभा अन्तर्गतको बागमती प्रदेशको निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको विवेकशील साझा पार्टीको संसदीय दलको बैठकले भोलि बुधबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको हो । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दिएकाहरूमध्ये आफूहरूलाई कुनै पनि उम्मेदवार ठिक नलागेकोले मतदानमा सहभागी नहुने निर्णय गरेको संसदीय दलको नेता रमेश पौड्यालले जानकारी दिए । पौड्यालले सर्वोच्च अदालतले २०७१ सालमै ‘नो भोट’को व्यवस्था गर्न आदेश दिइसकेको भन्दै त्यसको व्यवस्था गर्न निर्वाचन आयोगसमक्ष मागसमेत गरे । विवेकशील साझाको बागमती प्रदेशसभामा…

पुरा पढ्नुहाेस्

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, भोली ९ बजेदेखि मतदान

माघ ११, काठमाडौं । निर्वाचन आयोगले भोलि (माघ १२ गते) हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रमसमेत सुरु भएको छ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए । आयोगले माघ ७…

पुरा पढ्नुहाेस्

राष्ट्रियसभा निर्वाचनः आजदेखि निर्वाचन आचारसंहिता लागू

पुस २६, काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता आजदेखि लागू हुने गरी जारी भएको छ । निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा…

पुरा पढ्नुहाेस्

राष्ट्रियसभा निर्वाचनमा ४३ जनाको उम्मेदवारी दर्ता(सूचीसहित)

पुस २०, काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । १९ पदका लागि हुने निर्वाचनका लागि विभिन्न दलका ४३ जनाले सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये नेकपा एमालेबाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट ५ जना, नेकपा (एकीकृत समाजवादी)बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना उममेदवार रहेका छन् ।…

पुरा पढ्नुहाेस्