निर्वाचनमा नतिजा अपेक्षाकृत आएन, दुःखी छौँ : विवेकशील साझा

जेठ २, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ को प्रारम्भिक परिणाम पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा दुःखी भएको बताएको छ । पार्टी प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सिकाइका आधारमा केही निर्मम समीक्षा र निर्णय हुने बताएका हुन् । विवेकशील पराजितका विषयमा टिकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, ‘कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्तावेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन् । अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६…

पुरा पढ्नुहाेस्

विवेकशील साझा विवाद: अध्यक्ष मिश्रलाई कारबाही गर्ने तयारीमा असन्तुष्ट पक्ष

चैत १४, काठमाडौँ । विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा रवीन्द्र मिश्रपक्षले यसअघि २६ जनामाथि गरेको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चर्किएको छ । कारबाहीपछि असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने तयारी गरेको छ । सोमबार बिहान असन्तुष्ट पक्षको केन्द्रीय सदस्यहरुको बैठक बसि मिश्रलाई कारबाही गर्ने तयारी गरेको हो। राप्रपासँगको एकीकरणको विषय चर्चामा रहँदा पार्टी बिवाद चुलिएको छ । मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद छ । पार्टीमा विवाद आएदेखिनै संयोजकसमेत रहेका मिलन पाण्डे सहित केशव दाहाल, रन्जु दर्शना, पुकार बम, रमेश पौड्याल लगायत मिश्रको…

पुरा पढ्नुहाेस्

२४ दलले गठन गरे स्थानीय निर्वाचन चुनाव चिन्ह संघर्ष समिति

माघ २८, काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ दलहरूले सङ्घर्ष समिति गठन गरेका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहर गरेको छ । बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको विवेकशील पार्टीका प्रवक्त शरदराज पाठकले…

पुरा पढ्नुहाेस्

विवेकशील साझाले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

माघ ११, हेटौंडा । राष्ट्रिय सभा अन्तर्गतको बागमती प्रदेशको निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको विवेकशील साझा पार्टीको संसदीय दलको बैठकले भोलि बुधबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको हो । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दिएकाहरूमध्ये आफूहरूलाई कुनै पनि उम्मेदवार ठिक नलागेकोले मतदानमा सहभागी नहुने निर्णय गरेको संसदीय दलको नेता रमेश पौड्यालले जानकारी दिए । पौड्यालले सर्वोच्च अदालतले २०७१ सालमै ‘नो भोट’को व्यवस्था गर्न आदेश दिइसकेको भन्दै त्यसको व्यवस्था गर्न निर्वाचन आयोगसमक्ष मागसमेत गरे । विवेकशील साझाको बागमती प्रदेशसभामा…

पुरा पढ्नुहाेस्

‘धर्म निरपेक्षताबारे जनमत संग्रह गर्औं, माक्स र लेलिनको भत्तिभाव मात्रै राष्ट्रभक्ति हैन’

मंसिर १८, काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले धर्म निरपेक्षता र संघियताबारे जनमत संग्रहमा जानुपर्ने बताएका छन् । आज ललितपुरको जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघियता नेपालले धान्नै नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका हुन् । उनले भने, संघियता खारेज राजनीतिक दृष्टिकोणबाट मात्रै नभई यो देशको २० बर्षपछिको स्थिति कस्तो हुन्छ भनेर मात्रै हैन, आर्थिक दृष्टिकोणबाट पनि सम्भव छैन । संघिय बजेटको २४ प्रतिशत बजेट संघियताको लागि जान्छ, त्यसमध्यको ८० प्रतिशत प्रशासनिक खर्चमा हुन्छ । संघियतापछि स्थानीय तह सबभन्दा बढी भ्रष्ट भएको पनि बताए ।…

पुरा पढ्नुहाेस्