राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन गर्ने

पुस २३, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । मनोनयनपत्र र उजुरी उपर जाँचबुझपछि नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन माघ १२ गते हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन…

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा

माघ ३, काठमाण्डौ । यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पुर्‍याइसकिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘‘स्थानीय तहबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतदातालाई आउन गृह मन्त्रालयले सुरक्षा निकायको समन्वयमा सुरक्षित आउने र शान्तिपूर्ण रूपमा मतदान गराउने व्यवस्था मिलाइएको छ ।’’ मतपत्र छपाइ गरी प्रदेश १ को मोरङको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, बाग्मती प्रदेशको ललितपुरको जावलाखेल, गण्डकी प्रदेशको कास्कीको पोखरा, प्रदेश ५ को दाङको…

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपालाई सहज बन्दै, अन्यलाई फलामको च्यूरा

पौष २४, काठमाण्डौँ । आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अचम्म भएन भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विजय पक्का छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) नेपालले सान्त्वना स्थान प्राप्त गर्ने छ । विसं २०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य र स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्यको कुनै चमत्कार भएन भने नेकपाको १६ स्थान र राजपाको दुई स्थानमा विजय हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।

पुरा पढ्नुहाेस्