विश्वमा दादुराका बिरामी ८० प्रतिशतले बढे

बैशाख १५, काठमाडौँ । यस वर्ष विश्वभर दादुराका बिरामीहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ । कोरोनाभाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् । राष्ट्रसंंघको तथ्यांकअनुसार जनवरी र फेब्रुवरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको…

पुरा पढ्नुहाेस्

बालबालिकालाई पक्राउ नगर्न अमेरिकालाई राष्ट्र संघको आग्रह

पौष ११, काठमाडौं । संयुक्त राष्ट्र संघले ग्वाटेमालाकी ७ वर्षिया बालिका जाकेलिनको अमेरिकी हिरासतमा भएको मृत्युको निस्पक्ष छानबिन हुनुपर्ने जनाउँदै यसरी बालबालिकालाई हिरासतमा नलिन अमेरिकालाई आग्रह गरेको छ । राष्ट्र संघका मानवअधिकार सम्बन्धी रापोर्टर फेलिप गोन्जालेज मोराल्सले ज्याकलिनका परिवारका सदस्यलाई कानुनी उपचारकोलागि पहुँच दिन समेत अमेरिकालाई आग्रह गरेका छन् । कुनै अमेरिकी अधिकारी सो घटनामा दोषी पाइए उनीहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्ने समेत राष्ट्र संघका ती अधिकारीले बताएका छन् । ज्याकलिन र उनका पिता डिसेम्बर ६ का दिन अन्य १६० जना आप्रवासीको समूहसहित मेक्सिको र अमेरिकाको सीमामा पुग्दा अमेरिकी अधिकारीहरुले पक्राउ…

पुरा पढ्नुहाेस्