मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना

बैशाख १७,काठमाडौँ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ । कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले उदघाटन गरेका हुन् । अब मिटरब्याज सम्बन्धी कामकारबाही यस कार्यालयबाट हुनेछ । मिटरब्याज पीडितको आन्दोलनको क्रममा सहमति अनुसार सरकारले केही दिन अघि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।    

पुरा पढ्नुहाेस्

बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै

बैशाख १२,काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् ।    

पुरा पढ्नुहाेस्

बारा २ मा उपेन्द्र यादवको विजय सुनिश्चत: प्रचण्ड

बैशाख ७,बारा । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा २ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको विजय सुनिश्चत रहेको बताएका छन् । यादव सङ्घीयताका लागि लडेको व्यक्ति भएको उल्लेख गर्दै प्रचण्डले उनले जित्नुपर्ने बताए । बिहीबार बारा २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यादवले चुनाव जित्नु भनेको सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका लागि लड्ने शक्तिले जित्नु भएको दाबी गरे । उनले भने, ‘पटक पटक संसद विघटन गर्ने शक्तिविरुद्ध लड्नका लागि गठन भएको गठबन्धनलाई अझै बलियो बनाउनुपर्छ ।’ गठबन्धनलाई बलियो बनाउन नै यादवलाई बारामा चुनाव लड्न पठाएको…

पुरा पढ्नुहाेस्

रौतहटको गढीमाई नगरपालिकामा गोली चल्यो ! एकजनाको मृत्यु, तीनजना घाइते

बैशाख २,काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ ।…

पुरा पढ्नुहाेस्

लालबाबु ब्याक भएपछि जसपाको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन

पौष २५,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनावी प्रकृयामा जाँदा मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत चयन भएका हुन् । नेता उपेन्द्र यादव पनि सरोज यादवको पक्षमा रहेका थिए । मधेस प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने सम्भावना रहेको छ । मधेस प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ । कांग्रेसको संसदीय दलमा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् भने जनमत पार्टीले महेश यादव र नेकपा एमालेले सरोज…

पुरा पढ्नुहाेस्

वीरगञ्ज महानगरपालिकाको सबै वडा झिलिमिली

पौष ८,विरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिली बनेको छ । उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा चोक–चोकमा बत्ती जडान भएसँगै ३२ वटै वडा झिलिमिली बनेको हो । टोल–टोलमा रहेका पोल र सडकमा बत्ती जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत् शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिनुभयो । सङ्घ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियानअन्तर्गत ३२ वटै वडामा १३ हजारभन्दा बढी बल्ब जडान गरिएको छ । ३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत…

पुरा पढ्नुहाेस्

कुन प्रदेशमा को जेष्ठ सांसद ? जसले खुवाउँदै छन् नयाँ सांसदलाई शपथ

पौष ६,काठमाडौँ । मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई पनि प्रतिनिधिसभामा जस्तै ज्येष्ठ सदस्यले शपथ खुवाउने छन्। ज्येष्ठ सदस्यहरुमध्ये प्रदेश नम्बर एकका गयानन्द मण्डल गनगाईंको उमेर सबैभन्दा बढी छ भने गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको उमेर सबैभन्दा कम छ। गनगाईं ७९ वर्षका छन् भने बस्यालको उमेर ६५ वर्ष छ। एक नम्बर प्रदेशसभाका सदस्यहरुलाई गनगाईंले शपथ खुवाउने छन्। ७९ वर्षका गनगाईं प्रदेश नम्बर एकका ज्येष्ठ सदस्य हुन्। उनी मोरङ क्षेत्र नम्बर ५ को (क) बाट निर्वाचित भएका हुन्। यस्तै, मधेश प्रदेशमा ७१ वर्षीय गोविन्द बहादुर न्यौपानले शपथ…

पुरा पढ्नुहाेस्

मरियम लेदर उद्योगले सोझै सिर्सिया नदीमा फोहोर हालेको भेटियो

दिपु वर्णवाल          पौष ५,विरगञ्ज । वीरगञ्जको मरियम लेदर उद्योगले सोझै सिर्सिया नदीमा फोहोर तथा फोहोर पानी फाल्ने गरेको भेटिएको छ । सिर्सिया नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन गर्न गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले मंगलबार अनुगमनका क्रममा यस्तो फेला पारेको हो । उद्योगले छालाबाट निस्केको फोहोर पदार्थका साथै उद्योग संचालन गर्दा निस्केका केमिकलयुक्त दुर्गन्धित फोहोर पानी सोझै सिर्सिया नदीमा फाल्ने गरेको भेटिएको अनुगमन टोलीमा रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । उद्योगबाट निस्केको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउनु पर्ने कानुनी व्यवस्था…

पुरा पढ्नुहाेस्

पर्सा निकुञ्जमा जरायोको शिकार गर्दै गरेका ५ जना पक्राउ

दिपु वर्णवाल                   पौष ५, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायोको शिकार गर्दै गरेका ५ जना पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया नजिकको जङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई निकुञ्ज संरक्षणमा खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर…

पुरा पढ्नुहाेस्

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न

मंसिर १४,जनकपुर । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न हिजो विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएका छन् । विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज ९दाइजो० उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ…

पुरा पढ्नुहाेस्