सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

बैशाख १६, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत…

पुरा पढ्नुहाेस्

‘लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ’ : मन्त्री चौधरी

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताएकी छिन् । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने भन्दै, ‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केहीकेही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने…

पुरा पढ्नुहाेस्

मतान्तर बढाउदै कांग्रेसका खड्का, सुहाङ पछ्याउदै

बैशाख १६, इलाम । इलाम २ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ भने नेकपा एमालेले पछ्याईरहेको छ । फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत ल्याएका छन् ।

पुरा पढ्नुहाेस्

वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित, सिरिज १-१ को बराबरीमा

बैशाख १६, काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो ।यससँगै सिरिजमा १-१ को बराबरी भएको छ । यसअघि शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।

पुरा पढ्नुहाेस्

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख १६, काठमाण्डौँ । यो दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो । त्यस्तै मल्टीपर्पस फाइनान्सको १० करोड ९९ लाख,पिपुल्स पावरको ९ करोड ८५ लाख,गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख र नेपाल फाइनान्सको ६ करोड ७३ लाख बढीको सेयर कारोबार भयो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.८४ प्रतिशतले बढ्यो । आज प्रोग्रसिभ फाइनान्सको सेयरमूल्य ७.६२,श्री इन्भेष्टमेन्टको ६.८० प्रतिशत,वेष्ट फाइनान्सको ६.७८ र किसान लघुवित्तको सेयरमूल्य ५.९३ प्रतिशतले बढ्यो । आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात…

पुरा पढ्नुहाेस्

आज दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार

बैशाख १६, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १४.३३ अंकले बढेर बजार १९८०.२७ बिन्दुमा पुगेको छ। कारोबार अवधिभर ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । यस दिन व्यापार समूहबाहेक अन्य उपसमूहको सेयर मूल्य बढेको छ ।आज फाइनान्स समूह…

पुरा पढ्नुहाेस्

इलामको प्रारम्भिक मत परिणाम सार्वजनिक, कसले कति मत पाए ?

बैशाख १६, इलाम । उपनिर्वाचन अन्तर्गत इलाम २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार यो समाचार तयार पार्दासम्म १२९७ मत गणना भएको छ । गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले लिड गरिरहेका छन् । जसअनुसार सुहाङले ४५५ मत पाएका छन् । उनलाई काँग्रेसका डम्बर खड्काले ३३५ मतसहित पछ्याइरहेका थिए । यस्तै, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम छन् । उनले ४०१ मत पाउनुभएको छ भने चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर मिलन लिम्बु छन् । उनले ८६ मत पाएका छन् ।

पुरा पढ्नुहाेस्

इलामको प्रारम्भिक मतगणनामा कांग्रेस अगाडी

बैशाख १६,काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा भैरहेको निर्वाचनपछिको प्रारम्भिक मतगणनामा कांग्रेसका डम्बर खड्का अग्रस्थानमा रहेका छन् । उनी ६ सय ५७ मतसहित अगाडि रहेका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका सुहाङ नेम्वाङले ५ सय ३४ मत ल्याएर खड्कालाई पछ्याइरहेका छन् । यसैगरी रास्वपाका मिलन लिम्बुले १ सय १५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्धार डेकेन्द्र थेगेमले १ सय ८७ मत ल्याएका छन् ।

पुरा पढ्नुहाेस्

लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा के-के सुविधा छन् ?

बैशाख १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको छ । अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा लगानी प्रवद्र्धन गर्ने कार्यलाई सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकाले सङ्घीय…

पुरा पढ्नुहाेस्

लगानीको वातावरण बनाउन राष्ट्रपतिद्धारा अध्यादेश जारी

बैशाख १६,काठमाडौँ । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले लगानीको वातावरण बनाउन भन्दै ९ वटा ऐनलाई संशोधन गरेर अध्यादेश जारी गर्न सिफारिस गरे अनुसार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् । सरकारले भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५,…

पुरा पढ्नुहाेस्