मुखियापट्टी मुसहरनिया गाउँपालिका बन्यो पुर्ण खोपयुक्त पालिका

बैशाख १६, काठमाण्डौँ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको आयोजनामा पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ । “पूर्ण खोप घोषणा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो । मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला खोप समन्वय समिति अध्यक्ष एवं जिसस प्रमुख राजनन्दन महतो रहेका थिए । कार्यक्रममा जनस्वास्थ अधिकृत उमेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी,उपाध्यक्ष सैदा खातुन,गाउँपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका…

पुरा पढ्नुहाेस्

आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

बैशाख १६, काठमाडौं । सरकारले आज विभिन्न ७ जिल्लाका नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउदैछ । सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने छ । अहिलेसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रम सफल भइसकेको मन्त्रालयको भनाई छ । कपिलवस्तु र झापामा भने सफल हुन नसकेको भन्दै मन्न्त्रालयले फेरि औषधी खुवाउने कार्यक्रम राखेको हो । यस वर्ष कार्यक्रमका लागि सरकारले १२ करोड रुपियाँ विनियोजन गरेको छ । सो…

पुरा पढ्नुहाेस्

नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दै

बैशाख १६, काठमाडौँ । नेपालले दोस्रो टी २० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ ।

पुरा पढ्नुहाेस्

आजको मौसम : तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा !

बैशाख १६, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित छिटफुट वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुरा पढ्नुहाेस्

बझाङ प्रदेशसभा १ मा आज मतगणना

बैशाख १६, काठमाण्डौँ । बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आज मतगणना शुरू हुने भएको छ ।सबै ठाउँका मत पेटिका ल्याइसकेपछि आज दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए । बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन् ।बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता छन् ।

पुरा पढ्नुहाेस्

इलाम-२ मा मतगणना बिहान ७ बजेबाट हुँदै

बैशाख १६, काठमाण्डौँ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणना अहिले बिहान ७ बजेबाट सुरू हुँदैछ ।शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ । त्यसपछि मतगणना आरम्भ हुने उनले बताए ।

पुरा पढ्नुहाेस्

आईपीएलमा राजस्थानको आठौँ जित, ७ विकेटले पराजित भयो लखनउ

बैशाख १६,काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२४ अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै आठौँ जित निकालेको छ । गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनाएको थियो । १९७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थाले ३ विकेटको क्षतिमा १९ ओभरमा १९९ रन बनाउँदै लखनउविरुद्ध ७ विकेटको जित निकालेको हो ।

पुरा पढ्नुहाेस्

आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुने

बैशाख १६, काठमाडौँ । आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ५ वर्षपछि दुई दिनसम्म चल्ने लगानी सम्मेलन सुरु भएको हो । विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने लक्ष्यसहित सरकारले सम्मेलनको आयोजना गरेको हो । यो लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरबाट १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुनेछ । यसअघि सरकारले २०७३ र २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो । ती लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धता बमोजिम भने लगानी आएन । त्यसयता कोभिड–१९ महामारीका कारण लगानी सम्मेलनको आयोजना हुन सकेन । २०७५ सालमा आयोजित लगानी सम्मेलनको ५…

पुरा पढ्नुहाेस्

लगानी सम्मेलन : एक हजार बढी विदेशी सहभागी हुने, ११३ जना वक्ता आउने

बैशाख १५, काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसै गरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स…

पुरा पढ्नुहाेस्

इलाम–२ मा मतदान अन्तिम चरणमा, आजै गणनाको तयारी

बैशाख १५, इलाम । इलाम–२ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ । यद्यपी अन्तिम विवरण आउन भने केहि समय लाग्ने बताइएको छ । निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै मत पेटिका संकलन गरिने र मतगणना सुरु गर्ने बताएको छ । सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने अनुमान गरिएको छ । आजराती नै मतगणना भएमा आइतबार साँझसम्म सम्पन्न हुनसक्ने बताइएको छ । इलाम–२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै…

पुरा पढ्नुहाेस्