तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय

असार ८, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए । मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply