जसपाको राजनीतिक समितिको बैठक सुरु

भाद्र १, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न राजनीति समितिको बैठक बालकुमारीमा सुरु भएको हो ।

संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । जसपा विभाजन भएपछि यो पहिलो राजनीति समितिको बैठक हो । यो बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक बसेको थियो ।

संम्बन्धित समचार

Leave a Reply