बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिने

चैत्र ८, काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत लिँदै छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ ।

यसअघि सरकारमा सहभागि राप्रपाले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो ।

पूरानै सत्ता गठबन्धन ब्यूँतिएपछि केन्द्रमा फेरिएको समीकरण अनुसार नै प्रदेशमा पनि फेरबदल हुन लागेको हो । तर केन्द्रमा सरकारबाट बाहिरिएको एमाले हालसम्म पनि प्रदेश सरकारबाट नबाहिरिँदा पछि गठबन्धनका दलहरु सरकारमा जान अलमलिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply