सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदै छ कारोबार ?

भाद्र ४, काठमाडौँ । सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ। आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply