न्युयोर्क टाइम्सको घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा नेपालको ‘मुस्ताङ’

पौष २५, काठमाडौँ । अमेरिकी समाचारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि राखेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्नै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।

हिमालपारीको जिल्लाको नामबाट परिचित मुस्ताङ धैलागिरी र निलगिरी दुई अग्ला हिमशिखको बीचमा अवस्थित रहेको छ । करिब ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत वीचको व्यापारिख मुख्य नाका रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply