विकासमा राजनीतिककरण हुन थाल्यो ! अनावश्यक तर्कबाट जनतालाई झुक्याउने कुचेष्ठा नगर्नुस् : सांसद बस्नेत

चैत्र ६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनै राजनीतिक आग्रह र पूर्वाग्रहमा अपराधीको संरक्षण गर्ने पार्टी नै ‘अपराधी’ भएको बताएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिका र सांसद विकास कोषबाट विनियोजित रु २० लाखको लागतमा पाण्डुबजार गेट निर्माण कार्यको शुभारम्भ कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासमा राजनीतिककरण हुन शुरु भएको भन्दै अनावश्यक तर्क गरी जनतालाई झुक्याउने कुचेष्ठा नगर्न समेत चेतावनी दिए । पछिल्लो समय एक पछि अर्को गर्दै अपराधीक तथा विकास विरोधी गतिविधिहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी नेमकिपाको उल्लेख्य सहभागित रहेको उल्लेख गर्दै उनले कसैले अपराधीलाई पार्टीको झण्डा दिएर यो मेरो पार्टीको मान्छे हो भन्छ भने त्यो पार्टी नै अपराधी भएको स्पष्ट पारे ।

‘जगदीश कांग्रेसमा छिरेपछि महेश बस्नेतका कार्यकर्ताले फोडे गाडी’ भन्ने शिर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै उनले सस्तो लोकप्रीयता कमाउन तथा जनतालाई झुक्याउन सकिन्छ कि ? भन्ने प्रयोजित तथा नियोजित रुपमा गरिने यस्ता घृणीत समाचार प्रकाशित गरी सञ्चार क्षेत्रको नै बदनाम गराउने प्रयास नगर्न समेत आग्रह गरे ।

उनले भने, ‘एउटा सस्तो अनलाईनले गुण्डुकै भाईको गाडी फोरिकोमा महेशको हात छ भनि लेखेको रहेछ । सस्तो लोकप्रीयता धेरै दिन टिक्दैन । अन्यत्र ठाउँमा त मेरो नाममा कसैले झुक्याउन तथा जनताको आँखामा कसिङ्गर हाल्न त सक्ला तर यही भक्तपुर, यही गुण्डुमा झुक्याउँछु भनेर कल्पना नगरे हुन्छ । भक्तपुरमा विभिन्न चरणमा गाडी फुटेको कुरा त प्रहरीले अनुसन्धान गरिरहेको होला तर किन फुट्यो ? भन्ने कुराको अनुसन्धान पनि हुन जरुरी रहेको छ । यहाँ गाँजा खाने, अराजक गतिविधि गर्ने, अपराधिक गतिविधि हाम्रो क्षेत्रमा बढ्न थालेको छ । यसलाई नियन्त्रण गर्नको लागि भक्तपुरका मुख्य मुख्य क्षेत्रमा प्रहरी चौकी स्थापना भइरहेका छन् । त्यस पछि को कसका कार्यकर्ता रहेछन् ? त्यो सार्वजनिक हुनेछ र कानुनी उपचार हुनेछ । त्यो समयमा मेरो कार्यकर्ता भनि आखाँ चिम्लिएर राजनीतिक खोल ओडी कानुन मिच्ने प्रयास नगर्नुहोला ।’

विकास तथा राम्रा काममा राजनीतिक आग्रह नगर्ने उल्लेख गर्दै उनले चुनाव तथा विभिन्न समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले वालकोट एरियामा लफलडा गर्छ भनेर प्रहरी प्रशासन समेत विशेष रणनीति बनाई अघि बाध्यात्मक परिस्थिती रहेको उल्लेख गर्दै उनले नेकपाका ठाउँमा कुनै लफडा नभएको स्पष्ट पारे ।

नेकपा लोकतान्त्रीक पार्टी भएको उल्लेख गर्दै उनले आफ्नै छेउमा आएर मुर्दावाद भने पनि आफ्नो तर्फबाट प्रतिवाद नहुने स्पष्ट पारे । उनले भने , ‘नेपाल मजदुर किसान पाटी नेमकिपा र कांग्रेसले जस्तो अराजक गतिविधि नेकपाले गर्ने भइदिएको भए रंगशाला चाँहीदैन भन्दै कालो झण्डा देखाउनेलाई कारवाही हुन्थ्यो होला नि त ? तर नेकपा लोकतान्त्रीक पार्टी हो । विरोधलाई सुन्छ र विचार गर्छ । तर कांग्रेस र नेमकिपा जस्तो अराजकता तथा हिंसाको लैरी टेकेर बस्दैन । कारवाहीको प्रकृयामा लग्यो भने यो मेरो कार्यकर्ता वा नेता हो कारवाही गर्नु हुँदैन भने सडकमा आन्दोलन गर्छ तर नेकपाले सत्यलाई सत्य, झुटलाई झुट भन्छ । कानुनी राज्यलाई पालना गर्छ ।’

कांग्रेस तथा नेकपाको सहकार्यको गेट समेत भएको उल्लेख गर्दै तत्कालिन कांग्रेसका नेता रामेश्वर ढुङ्गेलले १० लाखको बजेट व्यवस्थापन गरी शुरु गरिएको उनले जानकारी दिए । नगरपालिकाको वडा नं। ६ मा व्यापक मात्रामा विकासका आयोजनाहरु अघि बढिरहेको उल्लेख गर्दै उनले पाण्डु बजारदेखी गुण्डुबजार जाने सडक ११ मिटरको कालोपत्रे सम्पन्न हुने तयारीमा रहेको, खानेपानीको कार्यहरु धमाधम भइरहेको, सुन्दर बजारबाट व्यारेकतर्फ जाने सडक रु एक करोडको लागतमा ६ मिटरको बन्ने क्रममा रहेको, सूर्यविनायक चोकदेखी गणेश मन्दिर हुँदै कृष्ण मन्दिरसम्म १४ मिटरको सडक बन्ने क्रममा रहेको, चुनदेवीबाट तीनधारा जाने सडक बन्ने प्रकृया शुरु भएको, घलातेदेखी चुनदेवीसम्मको क्षेत्रलाई इभिनिङ टुरिजम स्पोर्टको रुपमा विकास गर्ने प्रकृया अघि बढेको र उक्त सञ्चालनमा आएसँगै भक्तपुरको आर्थिक मुहार फेरिने लगायतका विकासका योजनाहरुको वारेमा जानकारी गराए । कार्यक्रममा नगरप्रमुख बाशु थापा, उपप्रमुख जुना वस्नेत, वडा नं। ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, राजकुमार जोशीलगायतले आ–आफ्नो धारणा व्यक्त गरे ।

संम्बन्धित समचार

Leave a Reply