कञ्चनपुरमा टयांकरको ठक्करबाट एक युवकको मृत्यु, स्थानीयले जलाए ट्यांकर !

असार १९, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ९ बीचफाँटाका ३८ वर्षीय लोकेन्द्र सिंह ठकुरीको पानी बोक्ने टयांकरको ठक्करबाट शुक्रबार मृत्यु भएको छ । से६प ६४२६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका ठकुरीलाई पानी बोक्ने टयांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

बा १ क ९७८४ र से१क १७४ का दुई ट्यांकरमध्ये एकले ठक्कर दिएको उनले बताए। दुवै टयाङकरका चालक भने फरार रहेका छन् । मृतकको शव स्थानीय बासिन्दाले सडकबाट उठाउन दिएका छैनन्। आक्रोशित स्थानीय बासिन्दाले दुवै ट्यांकरमा आगजनी गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply